राष्ट्रपतिमा नेम्वाङको पक्षमा मतदान गर्न लोसपासंग एमालेको आग्रह


१९ फाल्गुन २०७९, शुक्रबार १५:२६ मा प्रकाशित

झापा । नेकपा एमालेले राष्ट्रपतिमा पार्टीका तर्फबाट राष्ट्रपति उम्मेद्वार सुवास नेम्वाङको पक्षमा मतदान गर्न लोकतान्त्रिक समाजवादी पार्टीसंग आग्रह गरेको छ ।
शुक्रबार एमालेका उम्मेदवार नेम्वाङसहितका एमाले नेताहरुले लोसपाका नेताहरुसंग भेटवार्ता गर्दै राष्ट्रपति निर्वाचनमा एमालेलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

छलफलपछि एमाले नेता योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका सन्दर्भमा लोसपा नेतृत्वसंग छलफल गरेको र नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरेको बताउनुभयो । उहाँले लोसपाको २४ गते बैठक बस्ने र त्यसबाट आवश्यक निर्णय गर्ने जवाफ पाएको जानकारी दिनुभयो ।

त्यस्तै लोसपाका नेता राजेन्द्र महतोले एमालेको प्रस्ताव सकारात्मक रहेको र पार्टीको बैठकमा छलफल गर्ने बताउनुभयो । महतोले राष्ट्रपतिका दुवै उम्मेदवार बराबर भएपनि अहिले लोसपा ८ दलीय गठबन्धनको हिस्सा रहेकाले आवश्यक निर्णय पार्टी बैठकले लिने धारणा राख्नुभयो ।

त्यस्तै उहाले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नका लागि पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम अघि सारेपनि अहिले परिस्थीति फरक भएको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here