आमसञ्चार माध्यमसम्बन्धी कानूनलाई अघि बढाउन आफ्नो साथ रहने सभामुख घिमिरेको आश्वासन


१९ फाल्गुन २०७९, शुक्रबार १४:३५ मा प्रकाशित

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आमसञ्चार माध्यमसम्बन्धी कानूनलाई अघि बढाउनका लागि आफ्नो सकारात्मक साथ हुने बताउनुभएाके छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘मिडियामा महिलाका सवाल’ विषयक कार्यक्रममा सभामुख घिमिरेले आमसञ्चार माध्यमसम्बन्धी विधेयकलाई छिटो अघि बढाउनका लािग आफ्नो साथ हुने बताउनुभएको हो ।

उहाँले आमसञ्चारमाध्यमसँग सम्बन्धित विधेयकबारे सांसदहरूको ध्यानाकर्षण गराउन प्रेस काउन्सिल नेपाललाई सुझाव दिनुभयो । उहाँले सूचना प्रविधिको बिकाससंगै यसले समाजमा पारिरहेका नकारात्मक असरहरुलाई नियन्त्रण गर्नका लागि आवश्यक ऐन कानुन बन्न नसकेको र भएका केहि कानूनहरुको पनि गलत ढंगले प्रयोग भइरहेको बताउनुभयो ।

सभामुख घिमिरेले चर्चामा रहेका बिषयहरु र नेताहरुलाई नै प्रचारमा ल्याउने काम मात्रै आमसञ्चारले गरिरहेको भन्दै बिषयबस्तुलाई पार्ने प्रभावलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here