राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निणर्य


१७ फाल्गुन २०७९, बुधबार १९:०२ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निणर्य गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले आठ दलको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाइएका रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निणर्य गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँले सरकारमा जाने बिषयमा आफूहरु सकारात्मक रहेकाले सरकारमा जाने प्रक्रिया सुरु भएपछि छलफल अघि बढाउने बताउनुभयो । पार्टी भित्र सरकारमा गए कुन मन्त्रालय लिने भन्ने बिषयमा कुनै छलफल नै नभएको उहाँको भनाइ छ ।

अहिलको अवस्थामा पार्टीले गरेका निणर्यहरु सही नै भएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here