प्रदेश १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव प्रदेश सभाद्वारा पारित


१७ फाल्गुन २०७९, बुधबार १६:४४ मा प्रकाशित

विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश राख्ने प्रस्तावलाई प्रदेश सभाले पारित गरेको छ ।

एमालेबाट प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको उक्त प्रस्ताव सभाले ध्वनी मतले पारित गरेको हो । अहिले प्रदेश सभा बैठकमा कोशी नामको विषयमा छलफल सुरु भएको छ ।

प्रदेश १ को नाम कोशी प्रदेश राखियोस् भन्ने प्रस्ताव ध्वनी मतले पारित भएकाे हाे । नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राईले राखेको किरात लिम्बुवान सगरमाथा प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएको छ ।

प्रस्तावमा छफफल गर्न मत विभाजन हुँदा काेशी नाममा बहुमत सांसदले स्वीकृति जनाएका हुन् । यो प्रस्तावमा कांग्रेसले समर्थन जनाएको छ । छलफलपछि आजै मतदान हुनेछ र प्रदेश १ ले नाम पाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here