अनेरास्ववियुको केन्द्रीय कमिटीमा निर्वाचित झापालीलाई सम्मान


१७ फाल्गुन २०७९, बुधबार १९:०९ मा प्रकाशित

बिर्तामोड । अनेरास्ववियुको २३ औ‌ं महाधिवेशनबाट केन्द्रीय सचिव नियुक्त हुनु भएका झापा गाउँपालिकाका मनोज ताम्लीलाई युवा संघ नेपालले सम्मान गरेको छ ।

बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा बुधबार आयोजित एक कार्यक्रमकाबीच झापाको विद्यार्थी आन्दोलनका होमिनु भएका उहाँलाई सम्मान गरिएको हो ।

केन्द्रीय सदस्यमा निर्वाचित कचनकवल गाउँपालिकाका रोशन लामा र बुद्धशान्ति गाउँपालिकाका रोशन भट्टराईलगायतलाई युवा संघ नेपालका अध्यक्ष फुर्वा लामा र नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।

यसैबीच युवासंघ नेपालले नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानार्थ मैत्रीपूर्ण फुटबल प्रतियोगितासमेत सम्पन्न गरेको छ ।

झापाको डोमालाल राजवंशी रंगशालामा अनेरास्ववियु झापा र युवा संघ झापाबीच भएको खेलमा अनेरास्ववियु झापा ६–३ गोल अन्तरले विजयी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here