एमालेलाई माओवादीले धोका नदिने अध्यक्ष ओलीको दावी


११ फाल्गुन २०७९, बिहीबार १४:४६ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका नदिने दावी गर्नुभएको छ ।

बिहीबार बालकोटमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै ओलीले प्रचण्डले एमालेसंग पुस १० गते नै सम्झौता गरिरहेको भन्दै अरुलाई माओवादीले समर्थन नगर्ने दावी गर्नुभएको हो । ओलीले एमालेसंग सहमति भइसकेको अवस्थामा माओवादीले अरुसंग सम्झौता गर्न नमिल्ने जिकिर गर्नुभयो ।

पुरानो गठबन्धन व्युताउने चर्चा भइरहेका बेला ओली भने सत्ता गठबन्धन नभत्किनेमा विश्वस्त देखिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here