झापा । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच राष्ट्रपति निर्वाचनका बिषयमा छलफल भएको छ ।
बिहीबार सिंहदरबारस्थीत माओवादी संसदीय दलको कार्यालयमा भएको छलफलमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत तथा समाजवादीका तर्फबाट घनश्याम भुसाल, बेदुराम भुसाल लगाएत पनि सहभागी थिए । छलफलपछि प्रधानमन्त्री प्रचण्डले फाल्गुन १३ गतेसम्म राष्ट्रपतिको टुङ्गो लाग्ने बताउनुभयो । उहाले पुरानो गठबन्धनलाई व्युताउने बिषयमा अहिले टुङ्गो नलागेको प्रतिक्रिया दिनुभयो ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिका बिषयमा छलफल जारी रहेको बताउनुभयो । पुरानो गठबन्धन व्युताउने तयारीका बिषयमा उहाले बिभिन्न बिकल्पमाथि छलफल भइरहेको जानकारी दिनुभयो । बिभिन्न बिकल्प मध्ये मुलुकको राजनीति र संविधानलाई जोगाउनका लागि भूमिका खेल्ने बिकल्पमा टुङ्गो लाग्ने उहाले बताउनुभयो ।
राष्ट्रपति निर्वाचनको मनोनयनको दिन नजिकिदै गर्दा दलहरुबीचको छलफल बाक्लो भएको छ । राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने बिषयमा पनि दलहरुबीच छलफल भइरहेको छ ।






