लिग टु सिरिज जित्ने खेलाडीलाई सरकारले जनही २ लाख दिने


११ फाल्गुन २०७९, बिहीबार १६:११ मा प्रकाशित


झापा । सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भएको सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले खेलाडीको पुरस्कार रकम घोषणा गर्नुभएको हो ।

गत हप्ता त्रिवि क्रिकेट मैदानमा भएको नामिबिया र स्कटल्याण्डविरुद्धको चार खेलको शृंखला नेपालले क्लिनस्वीप गरेको थियो ।भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्न युएई जाने खेलाडीलाई शुभकामना दिनुभयो ।

प्रचण्डले आफूले सरकारमा रहँदा पनि र नरहँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिने गरेको सुनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here