झापा । कांग्रेस नेता अर्जुन नरसिंह केसीले राष्ट्रपतिका बिषयमा बिभिन्न दलका आफ्नै दावी रहेका बेला कांग्रेसले आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताउनुभयो ।
मुलुकमा देखिएको आर्थिक लगाएतका समस्या समाधानका लागि र राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य रहेको उहाको भनाइ छ ।
उहाले कांग्रेसको उम्मेदवारलाई माओवादीले पूर्ण समर्थन गर्ने दावी गर्नुभयो ।
केसीले गठबन्धन तोडेर अस्थीरताको कारक बन्न नचाहने स्पष्ट पार्नुभयो ।






