राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने उपाध्यक्ष पौडेलको दावी


१० फाल्गुन २०७९, बुधबार १५:३२ मा प्रकाशित

झापा । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार गठन भएका बेला भएको सहमति अनुसार राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने दावी गर्नुभएको छ ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नै एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जीत हुने दावी गर्नुभएको हो ।

सरकार गठनको पृष्ठभूमिमा भएको सहमति सवै दलले इमान्दारीका साथ पालना गर्ने उहाको विश्वास छ । उहाले एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नजिता आउने बताउनुभयो । पौडेलले पार्टीहरु तथा नेताहरुको सम्बन्धका बिषयमा तहमाथि हुनसक्ने भन्दै मुलुकको आवश्यकता अनुसार एकतावद्ध पनि हुने उल्लेख गर्नुभयो ।

त्यस्तै उपप्रधान एवं अर्थमन्त्री समेत रहनुभएका पौडेलले अहिले लघुवितका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले काम सुरु गरिसकेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here