विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालकाे लगातार चौथो जित


९ फाल्गुन २०७९, मंगलवार २०:०४ मा प्रकाशित

काठमाडौं । आइसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौथो जित निकालेको छ ।

मंगलबार काठमाडौंको किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौथो जित निकालेको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ९५ रनको अर्धशतकीय ईनिङ खेले । करण केसीले ३७ बलमा अविजित ३१ रन बनाए ।

त्यस्तै ज्ञानेन्द्र मल्ल २१ रन र कुशल मल्लले १७ रन बनाए । स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस ग्रेभ्सले २ विकेट लिए ।

सफियान सरिफ, माइृकल लिस्क र ब्रेण्डन म्याकमुलनले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनायो । स्कटल्याण्डका लागि जर्ज मुन्शेले ६० रनको अर्धशतकीय ईनिङ खेले ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै करण केसीले ३ विकेट र कुशल मल्ल तथा ललित नारायण राजवंशीले समान १/१ विकेट लिए ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here