झापाको बिर्तामोडमा एक व्यक्तिद्वारा आत्मदाहको प्रयास


९ फाल्गुन २०७९, मंगलवार १७:१७ मा प्रकाशित

झापा । बिर्तामोडको मुक्ति चोकमा शरीरमा पेट्रोल छर्की एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

आत्मदाहको प्रयास गर्ने बिर्तामोड ७ को विजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनको बिएण्डसी अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

चौधरीले के कारणले आत्मदाहको प्रयास गरेका हुन् भन्ने खुल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here