मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी


७ फाल्गुन २०७९, आईतवार २०:३४ मा प्रकाशित

भद्रपुर । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ ।

मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटरफाइनलको यात्रा तय गरेको हो । भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा आयोजकका तर्फबाट विदेशी खेलाडी स्टेफन समीरले गोल गरे । दोस्रो गोल ८० औँ मिनेटमा आयोजकका मेसुकेले गरे । खेलको सुरुवाती समयदेखि नै आयोजकले पाहुना टोली जयगाउँलाई दबाबमा राखेको थियो ।

यद्यपि पहिलो हाफमा आयोजकले गोल गर्न सकेन । आयोजकले पाएका मौकालाई जयगाउँले विफल बनाइदियो । दोस्रो हाफमा आयोजकले जयगाउँको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्न सफल भए । पहिलो खेलको प्लेयर अफ द म्याच आयोजकका मेसुके घोषित भए ।

उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

विजयी भएको आयोजक भद्रपुर ब्लेजर्सले अब क्वाटर फाइनलमा मंगलबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटा बाई पाएर सिधै क्वाटरफाइनल प्रवेश गरेको छ ।

सोमबारको खेल विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजक भद्रपुर–झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here