दुर्गा प्रसाईंद्वारा नेकपा एमाले परित्याग गरेको घोषणा


७ फाल्गुन २०७९, आईतवार २०:४१ मा प्रकाशित

झापा । झापाका व्यवसायीसमेत रहेका सत्ता साझेदार दल नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

सोमबार पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा पार्टी परित्याग गरेको घोषणा गर्ने तयारी प्रसाईंले गर्नुभएको छ ।

प्रसाईले पूर्व राजपरिवारलाई अघि सारेर नागरिक बचाऔं महाअभियानको थालनी गरेपछि पार्टीमा कारबाही गर्ने कुरा चर्चामा आएको थियो ।

प्रसाईंले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीमा राष्ट्र बचाउने कुरा रहेनछ । पार्टीमा बस्नुको कुनै तुक रहेन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here