प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको भव्य उद्घाटन (तस्वीरहरू)


७ फाल्गुन २०७९, आईतवार २०:१० मा प्रकाशित

भद्रपुर । प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको भव्य उद्घाटन भएको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आइतबार प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको भव्य उद्घाटन भएको हो । उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।

ड्रोनबाट व्यानर झारेर र रोबोटबाट बल हस्तारण गरेर गरिएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङ्देनले गोल्डकप सफल बनाउन आफ्नो तर्फबाट जस्तोसुकै सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उदघाटन कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले मेची रंगशालाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको स्मरण गर्नुभयो । उहाँले लामो समयको अन्तरालपछि मेची रंगशालामा गोल्डकप आयोजना भएकाले यस्को निरन्तरताको अपेक्षा गर्नुभयो ।

गोल्डकपका अध्यक्ष दिपेश ढकालले गोल्डकप सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

उहाँले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा खेल क्षेत्रका विशिष्ट व्यक्तिहरूका साथै स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here