कोहेड स्कूलकाे बार्षिकोत्सव सम्पन्न


७ फाल्गुन २०७९, आईतवार १९:०८ मा प्रकाशित

बिर्तामोड । कमनर्स होम फर एजुकेसन कोहेड स्कूल बिर्तामोडले आइतबार आफ्नो बार्षिकोत्सव मनाएको छ ।

बिर्तामोडस्थित स्कूल प्रांगणमा आयोजित कार्यक्रममा स्कूलका विद्यार्थीले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल गुरागाईंले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका अम्बिका खतिवडाले राख्नुभएको थियो भने विद्यार्थीका तर्फबाट रोशिका तामाङले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा प्याब्सन बिर्तामोड नगरका अध्यक्ष उत्तम खनाल, झापा प्याब्सनका गौरीमान फागो, बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष प्रदिप पुरीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक कमल तिम्सिना तथा विद्यार्थीहरू अनुसा चापागाईं, समृद्धि भट्टराई, मनिसा तामाङ तथा मिलन दवाडीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here