एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्छ- ओली


७ फाल्गुन २०७९, आईतवार १४:५३ मा प्रकाशित

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका गर्नु भएको छ ।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेको उम्मेदवार राष्ट्रपति हुने दाबी गर्नु भएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको सत्ता समीकरण निर्माण हुने बेला नै यस विषयमा सहमति भइसकेको ओलीले स्पष्ट पार्नु भयो ।

राष्ट्रपति एमालेकै हने अहिलेको सत्ता समीकरणको जन्मकुण्डलीमैस्पष्ट व्याख्या गरिएको आलीे दावी गर्नु भयो ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपतिबारे कुनै सहकार्य नभएको बताउँदै आएका छन भन्ने पत्रकारको प्रश्नमा ओलीले सबैसँग सहकार्य गर्नुपर्ने कुनै आवश्यकता नरहेको जवाफ दिनु भयो ।

सबैसँग कहाँ सहकार्य हुन्छ ? माओवादी केन्द्रका कार्यकर्तासँग पनि सहकार्य गर्नुपर्छ र ? राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले एमालेको उम्मेदवारलाई सहयोग गर्ने विषयमा कुनै शंका उपशंका गर्ने ठाउँ नरहेको अध्यक्ष ओलीले स्पष्ट पार्नु भयो ।

यसबारे पौष १० गते नै सहमति भइसकेको आलीको भनाइ छ । राष्ट्रपतिका लागि फागुन १३ गते एमालेले आफ्नो उम्मेदवार अघि सार्ने उहाँले बताउनु भयो ।

एमाले अध्यक्ष ओली आइतबारदेखि सुरु भएको नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशको उद्घाटन कार्यक्रमका लागि विराटनगर आउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here