दुर्गा प्रसाईंलाई एमालेले अझै कारबाही नगर्नु लाजमर्दो विषय भएको माधव नेपालकाे तर्क


७ फाल्गुन २०७९, आईतवार १५:१७ मा प्रकाशित
 काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तर्क गर्नु भएको छ । 

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै नेपालले फेरि मण्डलेहरू जाग्न थालेका टिप्पणी गर्दै मण्डलेहरूको रोग एमालेभित्र घुसेको बताउनु भयो ।

 प्रसाईं एमालेमा सम्मानपूर्वक बसिरहेका भन्दै यो कम्युनिष्ट पार्टीका निम्ति जालमर्दो कुरा भएको उल्लेख गर्नु भयो ।

कतै त्यो कम्युनिष्ट पार्टीले यस्ता कुराहरूलाई पनि प्रोत्साहन दिइरहेको त छैन  शंका खडा हुने परिस्थिति बनेको  नेपालको बुझाइ छ ।

कतै प्रतिगमनको सहयोगी त बन्न गइरहेको छैन भन्ने प्रश्न खडा भएको उहाँले बताउनु भयो ।

त्यस अवसरमा अध्यक्ष नेपालले नेपालको भरपर्दो राजनीतिक पार्टीको रूपमा एकीकृत समाजवादीलाई स्थापित गराउने गरी पार्टीको काममा लाग्न पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here