प्रदेश सरकार जनचाहना अनुरुप विकास गर्न तयार छ – मुख्यमन्त्री कार्की


७ फाल्गुन २०७९, आईतवार १२:२७ मा प्रकाशित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ शासकीय प्रणालीलाई थप सुदृढ गरेर अघि बढ्नु पर्नेमा जोड दिनु भएको छ ।

संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँले बताउनु भयो ।

७३ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आइतबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधानले निर्दिष्ट गरेबमोजिम संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धलाई सुदृढ बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्नु भयो ।

प्रजातन्त्र दिवसको सन्दर्भमा प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमा प्रभातफेरिको आयोजना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here