निर्वाचन आयोगद्वारा चितवन–२ को उपनिर्वाचतका लागि राजनीतिक दल दर्ताका लागि आह्वान


६ फाल्गुन २०७९, शनिबार ०९:३८ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले चितवन–२ मा आगामी बैशाख १० गते हुन गइरहेको उपनिर्वाचतका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ ।

आयोगले प्रतिनिधिसभाका तत्कालिन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन–२ मा उपनिर्वाचनका दल दर्ता गर्न आह्वान गरेको हो । आयोगका अनुसार फागुन १० गतेदेखी १६ गतेसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।

‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सबन्धि ऐन २९७३ को दफा ४ बमोजिम संबत २०७९ फागुन १० देखी फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सबन्धी नियमावली, २०७४ को अनुसुची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सुचित गरिन्छ,’ आयोगद्धारा जारी सूचनामा भनिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here