भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइचो


६ फाल्गुन २०७९, शनिबार १३:४१ मा प्रकाशित

झापा । महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइचो लागेको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको हो ।

मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको थियो । अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रीका दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको थियो ।

महाशिवरात्रि पर्वका लागि डोलेश्वरमा भारतबाट तीन सयभन्दा बढी साधुसन्त आएका छन् । डोलेश्वर आएका साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने र फर्कने बेलामा भेटीको रुपमा यातायात खर्चको व्यवस्थासमेत गरिएको छ । यस्तै भक्तपुर दत्रातयमा पनि शिवरात्रीका अवसरमा भक्तजनको घुइचो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here