आईसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज नामेवियासँग खेल्दै


६ फाल्गुन २०७९, शनिबार ०७:४४ मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज नामेवियासँग खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा ९ बजेपछि सुरुहुने खेलमा नेपाल लगातार तेस्रो जितको खोजिमा हुनेछ ।

पहिलो खेलमा नामेविया र हिजो भएको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डमाथि जित दर्ता गरेको नेपाल लगातार तेस्रो जितको खोजिमा हुनेछ ।

जारी त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालसहित स्कटल्याण्ड र नामेविया सहभागी छन् ।  

जारी सिरिजमा नामेविया पहिलो जितको खोजिमा रहेको छ । नामेवियाले नेपाल र स्कटल्याण्डसँग पराजय भोगेको छ । 

सन् २०१९ बाट सुरु भएको आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल अहिले तालिकाको छैटौं स्थानमा रहेको छ ।

नेपालको २२ अंक रहेको छ । शीर्ष ५  भित्र अटाए एक दिवसीय वरियता जोगिने भएकाले पनि नेपालका सबै खेल निकै महत्वपूर्ण रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here