उपचार सेवा माग्दै बिरामीहरुले गरे प्रदर्शन


२९ माघ २०७९, आईतवार ११:२४ मा प्रकाशित


काठमाडौं । उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् ।

उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो । सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले अहिले भने हटाएको छ । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् ।

वीर अस्पतालमा आज बिहान पुगेका धेरै बिरामीहरु अलमलमा परेका थिए । सुरक्षा गार्डहरुले आज ओपीडी सेवा बन्द भएको जानकारी गराउँदै बिरामीहरुलाई फर्काएका छन् । आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्तामार्फत् समस्या समाधानको प्रयास भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here