एमाले अध्यक्ष ओली झापामा


२९ माघ २०७९, आईतवार १०:३५ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै हुनुहुन्छ।

झापाको गौरादह ५ खयरबारीबाट मोरङ जोड्ने पुलको उद्घाटन गर्न ओली आज झापा आउँन लाग्नुभएको हो ।

ओलीले आज गौरादह ४ स्थित डोरमारी माविको नवनिर्मित भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कार्कीले जानकारी दिनुभयो।


अध्यक्ष ओली आज दमकस्थित आफ्नै निवासमा बस्ने र भोलि शिवसत्ताक्षी नगरपालिकाको झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आयोजित कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here