पेन्सन पाउने उमेर ६४ वर्ष पुर्याएको विरोधमा फ्रान्समा प्रदर्शन


२९ माघ २०७९, आईतवार १०:२१ मा प्रकाशित

झापा । फ्रान्समा सेवानिवृत्तिभरण अर्थात् पेन्सन पाउने उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्या‍उने योजनाको विरोध गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन् ।

फ्रान्सेली सरकारले सेवानिवृत्तिभरण कोषको बोझ कम गर्न भन्दै पेन्सन पाउने उमेर बढाएपछि त्यहाँका नागरिकले विरोध गरेका रोयटर्सले जनाएको छ ।

पश्चिमा समृद्ध देशहरूमध्ये फ्रान्समा सबैभन्दा लामो पेन्सन अवधि छ ।

फ्रान्सेली नागरिकले यो व्यवस्थाको निरन्तर हुनुपर्ने माग गरे पनि सरकारले सेवानिवृत्तिभरणको बोझ बढी भएको बताएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेन्सन प्रणालीको निरन्तरताका लागि सुधार आवश्यक रहेको बताउँदै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here