ऋणिको मृत्यु पछि सम्योग सम्वृद्धि सहकारीले गर्यो तिर्न बाँकि कर्जा मिनाहा


२८ माघ २०७९, शनिबार १८:०२ मा प्रकाशित

झापा । ऋणिको मृत्यु भएपछि झापा भद्रपुर १० मा रहेको सम्योग सम्वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तिर्न बाँकि कर्जा मिनाहा गरेको छ ।

भद्रपुर १० चन्द्रगढी अन्तर्गत शनिश्चरे सेवाकेन्द्रका शेयर सदस्य मोहन कुमार लिम्बुको मृत्यु भएपछि केन्द्रले बुझाउन बाँकी रहेको कर्जा रकम ७७ हजार ९ सय ४५ रुपैयाँ मिनाहा गरेको हो ।

संस्थाले यो रकम सदस्य बीमा राहत कोष अन्तर्गत पूर्ण रूपमा मिनाह गरेको संस्थाका कार्यकारी प्रमुख झलक बहादुर चौहानले जानकारी दिनुभयो ।

यो सँगै संस्थाले काजक्रिया खर्च वापत १९ हजार ५ सय रुपैयाँ मृतक सदस्यकी श्रीमती सुष्मा लिम्बु र छोरा आदित्य लिम्बूलाई शनिबार एक कार्यक्रमका बिच हस्तान्तरण समेत गरेको छ ।

मृतक मोहनकुमार लिम्बुले संस्थाबाट १ लाख २० हजार रुपैयाँ कर्जा लिनुभएको थियो ।

जसमध्ये ७७ हजार ९ सय ४५ रुपैयाँ तिर्न बाँकि रहेको संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here