मधेस प्रदेश लक्षित सूर्योदय स्पिचको छायांकन हरिवनमा शुरु


२८ माघ २०७९, शनिबार २०:०९ मा प्रकाशित

हरिवन । सूर्योदय स्पिचको मधेस प्रदेश संस्करणको छायांकन शनिवारबाट शुरु भएको छ । सर्लाहीको हरिवनमा स्पिच प्रतियोगिताको छायांकन शुरु भएको हो ।

मावि तहका विद्यार्थीका लागि लक्षित गरि मधेस प्रदेशमा टेलिभिजनबाट प्रसारण हुनेगरि पहिलो पटक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।

छायांकन सकिएलगत्तै उक्त स्पिच कम्पिटिसन सूर्योदय टेलिभिजन एचडीबाट प्रसारण हुनेछ ।

सूर्योदय टेलिभिजनको मुख्य स्टुडियोबाट भने विगत चार बर्षदेखि वक्तृत्वकला प्रतियोगिता उत्पादन हुँदै आएको छ ।

यस बर्षदेखि सूर्योदय टेलिभिजनले मधेस प्रदेशमा पनि उक्त प्रतियोगिता आयोजना गरेको हो । मधेस प्रदेशका लागि सूर्योदय टेलिभिजनले सर्लाहीको हरिवनमा शाखा स्टुडियो निर्माण गरेको छ ।

स्पिच प्रतियोगिता छायांकनका लागि टेलिभिजनका अध्यक्ष मनोज उप्रेती नेतृत्वको टोली अहिले हरिवन पुगेको छ ।

प्रतियोगितामा मधेस प्रदेशका विभिन्न स्थानीय तहका माध्यमिक विद्यालयका विद्यार्थी सहभागी भएका टेलिभिजनका मधेस प्रदेश व्युरो प्रमुख रविन घिमिरेले जानकारी दिनुभयो ।

प्रतियोगितामा २ सय जना विद्यार्थीको सहभागिता रहेको छ । अहिले प्रतियोगिताको लिग चरणको छायांकन भइरहेको हो ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here