सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्टयायो : बालकृष्ण खाँड


१६ असार २०७६, सोमबार १५:५५ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्टयाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

प्रमुख सचेतक खाँडले विधेयकको माध्यामबाट संविधानको प्रावधानलाई उल्टयाउने काम सरकारले गरिरहेको प्रमुख सचेतक खाँडको दावी छ । ६१ औं संसद दिवसको अवसर पारेर पूर्व सांसद मञ्च, नेपाल र संघीय संसद सचिवालयले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संसदीय लोकतन्त्रप्रति विश्वास गर्न पनि सबैलाई आग्रह गरे ।

‘संसदीय लोकतन्त्रले मात्रै मुलुकमा शान्ति र समृद्धि ल्याउने भएकाले त्यसप्रति विश्वास गरेर अघि बढन म सबैलाई आग्रह गर्दछु, प्रमुख सचेतक खाँडको भनाई थियो, ‘मुलुकमा द्वन्द्वको व्यवस्थापन गर्न पनि संसदीय लोकतन्त्रमा मात्रै सम्भव छ ।’

प्रमुख सचेतक खाँडले जनतालाई शान्तिपूर्ण ढंगले जीउने वातावरण बनाउन पनि संसदीय लोकतन्त्रको विकल्प नरहेको पनि स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here