पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको मृत्यु


२२ माघ २०७९, आईतवार १२:३९ मा प्रकाशित

एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको मृत्यु भएको छ ।

पाकिस्तानमा सैन्य कूबाट शक्तिमा आउनु भएका पूर्व सैन्य राष्ट्रपति र सेनाका पूर्वप्रमुख जेनरल परवेज मुशर्रफको मृत्यु भएको छ।

उहाँ ७९ वर्षका हुनुहुन्थ्यो । उहाँ विरामी पर्नुभएको थियो ।

विगतमा पारिवारिक स्रोतहरूले उहाँका हातखुट्टाले काम नगरिरहेको र उहाँको स्वास्थ्य सामान्य अवस्थामा फर्कन सक्ने खालको नभएको स्पष्ट पारेको थियो।

पाकिस्तानको सुरक्षा बलका प्रमुखहरूले जनरल मुसर्रफको निधनमा समवेदना प्रकट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here