नेकपा एमालेमाथि माओवादीले आक्रमण गरिरहेको छः महासचिव पोखरेल


१० जेष्ठ २०८२, शुक्रबार १८:१४ मा प्रकाशित


काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरलले नेकपा एमाले र पार्टीको नेतृत्वलाई नेकपा (माओवादी केन्द्र) ले आक्रमण गरिरहेको बताउनुभएको छ । 


कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले नेकपा एमाले पार्टी र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले गरिरहेको बताउनु भयो । उहाँले उनीहरुको उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्नु रहेको बताउनु भयो । अहिलेको सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गरिरहेको दाबी गर्नुभयो ।  


महासचिव पोखरेलले नेकपा एमालेको नेतृत्वको सरकार र नेकपा एमालेबाट कुनै गलत काम नभएको दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here