२०—२५ वर्षमा नेपालमा चमत्कारीक ढंगबाट गरिबी घट्योः महामन्त्री थापा


१० जेष्ठ २०८२, शुक्रबार १८:११ मा प्रकाशित


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चमत्कारीक ढंगबाट गरिबी घटेको बताउनुभएको छ । 


शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँलहर आएको बताउनु भयो ।

उहाँले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्य रुपमा भएको बताउनु भयो । प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको विकासको आकंक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको बताउनु भयो । 


महामन्त्री थापाले नेपालको अर्थतन्त्र ठिक ढंगबाट अघि बढ्न नसकेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here