नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ शिक्षा मन्त्री खनाल


२२ माघ २०७९, आईतवार १३:४२ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताउनु भएको छ ।

आइतबार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल हिसानले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा मन्त्री खनालले नेपाली विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभई विदेशबाट विद्यार्थीहरू नेपाल ल्याउन सक्नेगरी नीति, निर्माण गर्नुपर्ने बताउनु भयो ।

उहाँले प्राथमिक र आधारभूत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने बताउनु भयो ।

मन्त्री खनालले आगामी दिनमा निजी शिक्षालाई प्रवद्र्धन गर्न आवश्यक नीति नियम स्पष्ट हुन आवश्यक रहेको बताउनु भयो ।

नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै सोहीअनुरुप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here