नेविसंघद्धारा स्ववियु निर्वाचनका लागि दुई समितिमा संयोजक तोकिए


२८ पुष २०७९, बिहीबार १२:३३ मा प्रकाशित


झापा । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी सुरु गरेको छ ।
५ चैतमा हुने स्ववियु निर्वाचनका लागि संघले दुई वटा समिति बनाएको छ ।

संघका अध्यक्ष दुजाङ शेर्पाले घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व र प्रचार प्रसार समितिको संयोजकमा डा. सन्तोष उपाध्यायलाई मनोनित गर्नुभएको छ । गन्धर्व पूर्व केन्द्रीय सदस्य हुन् भने उपाध्याय चिकित्सा अध्ययन संस्थानको पूर्व इकाइ अध्यक्ष हुनुहुन्छ ।

गठित दुई समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्नसक्ने अधिकार दिइएको छ ।

स्ववियु निर्वाचनमा नेविसंघले सशक्त ढंगले सहभागी जनाउने अध्यक्ष शेर्पाले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । शैक्षिक क्षेत्रमा देखिएका ढिलासुस्ती र नीतिगत कठिनाईलाई चिर्न स्ववियु निर्वाचन अनिवार्य रहेको समेत संघले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here