‘सरकारलाई उद्योगको ताला बुझाएर विदेश पलायन हुने स्थिति नआओस्’ : अध्यक्ष प्रधान


३० जेष्ठ २०८२, बिहीबार १४:१६ मा प्रकाशित

काठमाडौं । औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित समितिले सरकारलाई बुझाएको औषधि मूल्य नीति सुझावप्रति नेपाल औषधि उत्पादक सङ्घले विमति जनाएको छ ।

अर्थविद् डा. पोषराज पाण्डेको संयोजकत्वमा बनाइएको समितिले मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई बुझाएको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गरेको हो । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष महेशप्रसाद प्रधानले औषधिको मूल्य समायोजन गर्ने पद्धतिमा आफूहरूको असहमति रहेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले औषधिको मूल्य निर्धारण तथा मूल्य समायोजनप्रति समितिको विधिमा सहमति रहेको जिकिर गर्नुभयो । उहाँले २०७५ साल माघ २ गते औषधिको मूल्यको बारेमा औषधि परामर्श परिषद्ले सरकारलाई दिएको विधिहरू लागू नभएको भन्दै गुनासो गर्नुभयो । उहाँले औषधि परामर्श परिषद्को सुझावहरू लागू नभएको अवस्थामा फेरि अर्को विधिअनुसार औषधिको मूल्य निर्धारणको कोसिस भएको भन्दै आपत्ति जनाउनु भयो ।  

सङ्घका अध्यक्ष प्रधानले औषधि परामर्श परिषद्ले दिएको सुझाव अहिलेसम्म कार्यान्वयन नभएको अवस्थामा सशङ्कित हुन बाध्य बनाएको बताउनु भयो । उहाँले २०६४ सालमा मूल्य निर्धारण भएपछि अहिलेसम्म त्यो मूल्यमा परिमार्जन नभएको जिकिर गर्नुभयो ।

उहाँले नयाँ विधिले अरू पनि औषधि समेटेर बिगार्ने पो हो की ? भन्ने चिन्ता रहेको उल्लेख गर्नुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष प्रधानले उद्योगलाई खराब बाटोमा लैजाने हो कि भनेर सशङ्कित हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले प्रतिवेदनमा उल्लेख गरेको पद्धतिले उद्योगमाथि बढ्ने नभई तल झर्ने चिन्ता व्यक्त गर्नुभयो । नेपालका औद्योगिक क्षेत्र तथा औषधी उद्योगहरू घरायसी हुने स्पष्ट देखेकोले सशङ्कित  भएको उहाँले दोहो¥याउनु भयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here