प्रदेश १ सरकारमा जान माओवादी तयार, मन्त्री छान्ने जिम्मा ३ नेतालाई


२८ पुष २०७९, बिहीबार १३:४८ मा प्रकाशित

झापा । प्रदेश १ मा नेकपा माओवादी केन्द्र पनि सरकारमा जान तयार भएको छ ।

आलोपालोमा आफूहरुले पनि मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै आएको माओवादी केन्द्र केन्द्रको निर्देशनपछि सरकारमा जान तयार भएको हो । यसअघि प्रदेशसभाको ५ वर्षे कार्यकालको आधा समय मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने माग गर्दै माओवादी केन्द्र सरकारमा नजाने अडान लिएको थियो ।

प्रदेश १ मा माओवादी केन्द्रको समेत समर्थनमा एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसक्नुभएको छ । संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रले मुख्यमन्त्रीमा आलोपालो हुने आश्वासन दिनुभएपछि सरकारमा जान लागेको बताउनुभयो ।

सरकारमा सहभागी हुन केन्द्रबाट निर्देशन आएपछि नेकपा माओवादी केन्द्र मन्त्री छनोटको गृहकार्यमा जुटेको छ । बैठकले प्रदेश १ का इञ्चार्ज राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मन्त्री छान्ने जिम्मेवारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here