प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भएको घोषणा


२८ पुष २०७९, बिहीबार १२:१० मा प्रकाशित

झापा । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौमत निर्वाचित भएको घोषणा भएको छ ।

आज बिहीबार प्रदेशसभा बैठकले गौतमलाई प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।

माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।

प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बन्नुभएको थियो । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलिका अनुसार १ बजे शपथ ग्रहण हुने उहाँलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने जानकारी दिनुभयो ।

प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ।
यता, प्रदेश १ सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठक बसिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here