प्रतिनिधि सभा सदस्य आले र राईद्धारा शपथ ग्रहण


१९ पुष २०७९, मंगलवार १४:२३ मा प्रकाशित

झापा । प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आले र माया राईले आज मङ्गलवार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आले र राईले आज दिउँसो सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा शपथ लिनुभएको हो ।

गएको पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई सहभागी हुनुभएको थिएन ।

आले पारिवारिक शोकमा र राई अस्पतालमा हुनु भएकाले उहाँहरू त्यस कार्यक्रममा छुट्नुभएको थियो ।

आले र राईलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले शपथ ग्रहण गराउनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here