झापा । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत हुनुभएको छ ।
संसदीय दलका नेतासमेत रहनुभएका सभापति शेरबहादुर देउवाले लेखकलाई मुख्य सचेतक मनोनीत गर्नुभयो ।
देउवाको निजी सचिवालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १३ को उपधारा ९) बमोजिम लेखकलाई मुख्य सचेतक नियुक्त गरेको जनाएको छ ।
लेखक कन्चनपुर क्षेत्र नम्बर ३ बा विजयी हुनुभएको हो ।






