सचिवहरुलाई प्रधानमन्त्री प्रचण्डद्धारा ३० बुँदे निर्देशन


१९ पुष २०७९, मंगलवार १४:३४ मा प्रकाशित

झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिनुभएको छ ।

सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उहाँले ३० बुँदे निर्देशन दिनुभएको हो ।

उहाँले विकास खर्च कम हुनुको कारण के हो भनी प्रश्न गर्नुभएको छ र नीतिगत तहमा समस्या भए सुधारका प्रस्ताव ल्याउन आग्रह समेत गर्नुभयो ।

‘तर कार्यान्वयनमा देखिएका कमजोरी अब कसैलाई पन्छ्याएर उम्किन मिल्दैन’ उहाँले भन्नुभयो , ‘एकातर्फ लक्ष्यअनुसार राजस्व नउठ्ने, पूँजीगत खर्च नहुने, अर्कोतर्फ भएको खर्च पनि बेरुजु पर्ने र फछर्यौट नहुने भनेको वित्तीय प्रशासनको पूरा चक्र नै समस्याग्रस्त रहेको देखियो । यसमा संवेदनशील हुन जरुरी छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here