विमानस्थलमा देखिएको समस्याबारे तत्काल छानबिन गर्न अर्थ मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन


१९ पुष २०७९, मंगलवार १२:४९ मा प्रकाशित

झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट नेपाल फर्कँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको समस्याबारे तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ ।

साथै उहाँले विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन निर्देशन दिनुभयो ।

केही दिन अघि प्रधानमन्त्रीको निर्देशन विपरीत विमानस्थलका कर्मचारीले विदेशबाट फर्कँदा ल्याएको एक अतिरिक्त मोबाइल कर्मचारीले नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here