झापा । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमन गर्नु भएको छ ।
कार्यालय समय सुरू हुनासाथ मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनका लागि पुग्नु भएको थियो ।
अनुगमनका क्रममा उहाँले झन्झटरहित सेवा दिन कर्मचारीलाई निर्देशन दिनु भएको छ । यस्तै, उहाँले कार्यालयमा सेवा लिइरहेका सेवाग्राहीको गुनासो पनि सुन्नु भएको थियो ।






