करण राई ‘द भ्वाइस अफ नेपाल’ चौथो सिजनका विजेता


९ पुष २०७९, शनिबार ०९:०० मा प्रकाशित

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बन्नुभएको छ ।

शुक्रबार भएको ग्राण्ड फिनालेमा दर्शकको भोटको आधारमा उहाँ विजेता बन्नुभएको हो ।

विजेता बन्नुभएका करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गर्नुभयो ।

करणले टिम राजुबाट प्रतिस्पर्धा गर्नुभएको थियो । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित हुनुभयो ।

टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित हुनुभयो । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here