राज्यबाट दिइने तलब भत्ता सम्पूर्ण रूपमा सामाजिक कामका लागि उपयाेग गर्ने सांसद डा. तोसिमा कार्कीको घाेषणा


९ पुष २०७९, शनिबार ११:२६ मा प्रकाशित

काठमाडाैँ । नवनिर्वाचित सांसद डा.ताेसिमा कार्कीले राज्यबाट दिइने तलब भत्ता सम्पूर्ण रूपमा सामाजिक कामका लागि उपयाेग गर्ने घाेषणा गर्नुभएको छ ।

ललितपुर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद कार्कीले सामाजिक सञ्जालमार्फत् यस्ताे घाेषणा गर्नुभएको हो ।

यस कामकाे सुरुवात निशुल्क महिनावारी सामग्री अभियानबाट गर्ने उहाँकाे भनाइ छ।

यसैगरी ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विद्यालयहरूमा महिला छात्राहरूका निम्ति नि:शुल्क सानिटरी प्याड वितरणका लागि नपुगेका ठाउँमा काेषबाट दिने सांसद कार्कीले घाेषणा गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here