अज्ञात समूहले चलाएको गोली लागेर बारामा एक भारतीय नागरिकको मृत्यु


९ पुष २०७९, शनिबार ०७:४६ मा प्रकाशित
सांकेतिक तस्वीर

वीरगञ्ज । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाराको महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here