आफूले प्रधानमन्त्री नपाए गठबन्धन तोड्ने प्रचण्डको चेतावनी


९ पुष २०७९, शनिबार ०७:४० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रधानमन्त्री पद नपाए गठबन्धन तोड्ने चेतावनी दिनुभएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भने पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा दावी नगर्न प्रचण्डलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आलोपालो प्रधानमन्त्री हुने र दोस्रो कार्यकाल प्रचण्डलाई छोड्नेगरि सर्त अघि सार्नुभएको छ ।

प्रचण्डले भने पहिलो कार्यकाल आफैं प्रधानमन्त्री हुनुपर्ने पुरानै अडान दोहोर्याएपछि कुरा मिल्न नसकेको स्रोत बताउँछ ।

पछिल्ला केही दिनदेखि देउवा र प्रचण्डबीच प्रधानमन्त्री विषयमा लगातार छलफल जारी रहे पनि ‘पहिलो कार्यकाल को प्रधानमन्त्री हुने ?’ भन्नेमा विवाद हुँदै आएको छ । सोही कारण ‘प्रधानमन्त्री’ विषय पेचिलो बन्दै गएको छ ।

संसदीय दलको नेता निर्वाचित भएकोमा ‘बधाई’ दिन बिहीबार बालुवाटार पुग्नुभएका नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईसँगको भेटमा समेत कांग्रेस सभापति शेरबहादुर देउवाले ‘अहिले कांग्रेसले प्रधानमन्त्री छाड्न सक्ने अवस्था नरहेकाले प्रचण्डलाई सम्झाइदिन’ आग्रह गर्नुभएको थियो ।

प्रचण्ड भने निकटस्थसँग ‘प्रधानमन्त्री नपाए गठबन्धन नै तोडिन सक्ने’ भन्दै देउवालाई गलाउन खोजिरहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here