Monday, 09 November 2026
Suryodaya Online
२३ कात्तिक २०८३, सोमबार
विज्ञापन

सुनसरीमा सडक दुर्घटना : दुई मोटरसाइकल यात्रुको ज्यान गयो, ट्रक चालक पक्राउ

Suryodaya Online TV

विराटनगर । सुनसरीको इटहरीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनापछि फरार भएका ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ

इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्प नजिक कोशी लोकमार्गमा बिहीबार राति पौने १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

उत्तरबाट दक्षिणतर्फ गइरहेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान भने खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनापछि ट्रक चालक फरार भएका थिए। प्रहरीले खोजी गर्ने क्रममा रामधुनी नगरपालिका–५ का ३९ वर्षीय काशीराम चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private