लोसपाका अध्यक्ष महन्थ ठाकुर प्रतिनिधि सभा सदस्य निर्वाचित


९ मंसिर २०७९, शुक्रबार १९:०१ मा प्रकाशित

झापा । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

ठाकुर १६ हजार ३७५ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याउनुभयो ।

स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here