०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छः नेता सिटौला


१२ श्रावण २०८२, आईतवार १३:०० मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मंसिरसम्म भइसक्ने बताउनुभएको छ ।


आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यसबारे जानकारी गराउनुभएको हो । उहाँले ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताउनु भयो ।

उहाँले नेपाली काँग्रेसको महाधिवेशन पाँच वर्षमै हुने गरेको बताउनु भयो । अहिले क्रियाशिल सदस्यता टुंगि नसकेको भन्दै सदस्यता नै टुंगो नलागिसकेको अवस्थामा महाधिवेशन हुन सम्भव नरहेको बताउनु भयो । 

नेता सिटौलाले ०८३ सालको मंसिर भन्दा पछि महाधिवेशन लैजान नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here