नेपालमा अहिलेको मुख्य दुश्मन राजतन्त्र होइनः अध्यक्ष दाहाल


११ श्रावण २०८२, शनिबार १७:३४ मा प्रकाशित


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले नेपालको मुख्य दुश्मन राजतन्त्र नभएको बताउनुभएको छ ।


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उठ्न जमर्को गरेपनि नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुश्मन नभएको बताउनु भयो ।

उहाँले नेपालमा अहिले दलाल पुँजीपतिहरु, विचौलियाहरु,ले नेपाल राज्यलाई विध्वंश बनाइरहेको बताउनु भयो । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरुले आफ्नो कब्जामा लिएको उल्लेख गर्नुभयो । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको जिकिर गर्नुभयो । 


अध्यक्ष दाहालले भ्रष्टाचार, दलाल पुँजीवाद, नोकरशाही पुँजीवादको विरुद्ध सबै एक हुने संकल्प गर्न जरुरी रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here