गाजाको भोकमरीको विरोधमा यमनमा र्‍याली


१२ श्रावण २०८२, आईतवार १०:४५ मा प्रकाशित

यमनको राजधानी सानामा दशौं हजार यमनीहरू भेला भइ विरोध प्रदर्शन गरेका छन् । घेराबन्दीमा परेको गाजा पट्टीको भोकमरीको विरोध गर्दै उनीहरु सडकमा उत्रिएका हुन् ।

सहभागीहरूले गाजामा भोकमरी बन्द गर,गाजामा युद्ध बन्द गर र गाजामा इजरायली नाकाबन्दी तुरुन्तै हटाइनुपर्छ लेखिएका ब्यानरहरू बोकेका थिए  ।

इजरायलले महिनौंदेखि गाजामा मानवीय सहायता प्रवेश गर्नबाट रोकेको गरेको छ । जसले गर्दा गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार १२२ प्यालेस्टिनीहरू मारिएका छन् । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here